माडीको रौतने खोलाले बाँध फुटाल्दा २१ घर डुबानमा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असार २४ गते १८:१०
माडीको रौतने खोलाले बाँध फुटाल्दा  २१ घर डुबानमा

चितवन : बिहीबार बिहानदेखि परेको अविरल बर्षाको कारण माडीको रौतने खोलाले बाँध फुटाल्दा माडी-३ मलाही टोलका २१ घर डुबानमा परेको छ ।

बाढीले खोलाको ड्याम अन्तरगत ढुंगाको ढुंगेजाली लगाउन बाकी रहेको भाग फुटाएको हो । करीब ३० मिटर ड्याम फुट्दा संगैका धानखेतहरुमा बालुवा पुरिएर क्षती भएको छ । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन.)ले प्राथमिकीकरण गर्दै ड्रयामको खण्ड खण्डमा ढुंगेजाली लगाइरहेकोमा तल्लो तटीय क्षेत्रमा रहेको सो स्थाना जाली लगाउन बाँकी नै रहेको थियो ।

ड्याम फुटाई खेत र बस्तीमा छिरेको बाढीले पुरै मलाही टोल पुरै डुबाउनुका साथै वरपरका गाउँहरूमा क्षती गरेको हो । त्यहाँ घरमा रहेका खाद्यान्न र अन्य सामानहरु बगाउनुका साथै घरभित्र ३ फिटसम्म पानी चढेको स्थानीयबासी पारस सहनीले बताए । ड्याम फुटेको भागमा आकस्मिक कोषबाट तत्कालै नयाँ ड्याम लगाइने आर.आर.एन.का परियोजना संयोजक रबिन्द्र सिंह ठकुरीले जानकारी दिए

प्रकाशित : २०७८ असार २४ गते १८:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI