गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १४ गते १४:२२
गगन थापाले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ — कांग्रेस नेता गगन थापाले पार्टीको १४औं  महाधिवेशनमा महामन्त्री पदमा उठ्ने घोषणा गरेका छन् । काठमाडौं महानगरपालिका–३० को कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।

थापा सोही वडाका स्थायी बासिन्दा हुन् । ‘आज हामी १४औं महाधिवेशनको प्रारम्भमा छौं । यसअघिको महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धा गरेँ । यो महाधिवेशनमा अहिलेसम्म अनुमानहरू भए । उम्मेदवारी घोषणाका लागि योभन्दा अर्को पवित्र स्थान हुँदैन,’ थापाले भने, ‘ मेरो बडा र अग्रजहरूबीचमा बडो गौरवका साथ १४औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीको घोषणा गर्छु ।’ कांग्रेस केन्द्रीय सदस्य रहेका थापा १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । उनीसँग अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा थिए । महामन्त्रीमा विजयी भने शशांक कोइराला भएका थिए ।

प्रकाशित : २०७८ भदौ १४ गते १४:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI