सेनाको हतियार चोरेर साथीको हत्या गरेका गंगाधरलाई जन्मकैदको सजाय

NAWALPUR TIMES
प्रकाशित : २०७८ भदौ १७ गते १९:०१
सेनाको हतियार चोरेर साथीको हत्या गरेका गंगाधरलाई जन्मकैदको सजाय

काठमाडौं । नेपाली सेनाको गन चोरी गरेको र सैनिक भरत गुरुङको हत्या स्वीकार गरेका सैनिक गंगाधर ढकाललाई जन्मकैद हुने भएको छ ।

सैनिक समरी जनरल अदालतले ढकाललाई जन्मकैदको सजाय सुनाएको हो ।

ढकालले चितवनको कालीबहादुर गणमा १००७९२ नम्बरको सर्ट मेसिन गन ९एसएमजी० चोरी गरेका थिए । सोही गन प्रयोग गरी साउन ७ गते उनले आफ्नै सहकर्मी सैनिक भरत गुरङको चितवनमा हत्या गरेका थिए । यी दुवै अपराध स्वीकार गरेका उनलाई गणमा नै गठन भएको सैनिक समरी जनरल अदालतले जन्मकैदको फैसला सुनाएको हो ।

उता २०७५ को पुसमा उक्त गन हराएपछि कालीबहादुर गणमा गनको खोजी सुरु भएको थियो । उक्त गन चोरेको आरोप लगाउँदै सैनिक द्वय लबकुमार गुरुङ र सरोज तामाङलाई अढाई वर्षदेखि जेलमा छन् । उनीहरू निर्दोष भएपनि कैद सजाय भुक्तान गरिहेका छन् ।

आफूहरू निर्दोष भएपनि समरीले दोषी ठहर गरेको भन्दै उनीहरूले सैनिक विशेष अदालतमा पुनरावेदन गरेका थिए । उक्त पुनरावेदन निवेदनलाई २८ महिनापछि सैनिक विशेषले पेसी तोक्दै सुनुवाइ अघि बढाएको थियो। गत साता विशेषले समरी अदालतको फैसला मगाउने आदेश गरेको थियो । उक्त मुद्दामा सुनुवाइका लागि बिहीबार बहस भइरहेको छ ।

विशेषले मगाएको गंगाधर ढकालसमेतको मुद्दाको फाइलमा सैनिक समरीले उनलाई जन्मकैद हुने फैसला गरेको उल्लेख छ । उनले हतियार चोरी गरेको र भरत गुरुङको हत्यासमेत गरेको साविति बयान दिएका थिए । यसअघि उनले प्रहरीसमक्ष पनि हतियार आफैले चोरेको र हत्यासमेत गरेको स्विकारिसकेका थिए ।

प्रकाशित : २०७८ भदौ १७ गते १९:०१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI