राप्रपाको नयाँ नेतृत्वका लागि भोलि निर्वाचन, उम्मेदवारी प्रकृया आज साढे ११ देखि १ बजेसम्म

NAWALPUR TIMES
प्रकाशित : २०७८ मंसिर १७ गते ९:१४
राप्रपाको नयाँ नेतृत्वका लागि भोलि निर्वाचन, उम्मेदवारी प्रकृया आज साढे ११ देखि १ बजेसम्म

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को निर्वाचन शनिबार हुने भएको छ । यसअघि शुक्रबार नै मतदान हुने पूर्वनिर्धारित कार्यतालिका थियो । तर प्रतिनिधिको विवादका कारण एकदिन सरेर शनिबार मात्रै हुने भएको हो ।

अहिले प्रतिनिधिको विवाद टुंगिसकिएर निर्वाचनको तयारी भइरहेकाे छ । जिल्लाले पठाएको भन्दा फरक व्यक्तिको नाम प्रतिनिधिमा समावेश गरिएपछि समिति बनाएर छानविन गरिएको थियो ।

पछिल्लो पटक टुंग्याएको नामलाई केन्द्रीय निर्वाचन समितिले बिहीबार साँझ सार्वजनिक गरिसकेको छ ।

अब उम्मेदवारहरुले शुक्रबार साढे ११ बजेदेखि १ बजेसम्म उम्मेदवारी दिनसक्नेछन् । त्यस्तै मतदाता नामावालीमाथि दाबी वा बिरोध गर्ने समय शुक्रबार बिहान ७ बजेबाट हुनेछ ।

राप्रपाको यो एकता महाधिवेशनबाट एक क अध्यक्ष ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य छान्नेछ । अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनको प्रतिस्पर्धा रहने लगभग निश्चित छ ।

प्रकाशित : २०७८ मंसिर १७ गते ९:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI