९१ देशमा फैलियो ओमिक्रोन, हालका खोपबारे अध्ययन आवश्यक – डब्लूएचओ

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष ४ गते १०:३६
९१ देशमा फैलियो ओमिक्रोन, हालका खोपबारे अध्ययन आवश्यक – डब्लूएचओ

काठमाडौं । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस ९१ देशमा फैलिएको छ । समुदाय स्तरमा फैलिएका क्षेत्रमा यसले भयाबह स्वरुप लिएको विश्व स्वास्थ्य संगठनले डब्लूएचओले जनाएको छ । ओमिक्रोन भाइरस विश्वको ठूलो जनसंख्यामा तीव्र गतिमा फैलिएको छ ।

वैज्ञानिकहरुले विद्यमान खोपले नै ओमिक्रोनविरुद्ध काम गर्ने र त्यसका लागि बुस्टर डोज चाहिने बताउँदै आएका छन् । ओमिक्रोन फैलिएपछि विभिन्न देशले बुस्टर डोजलाई तिव्रता दिएका छन्, यद्यपि नयाँ भेरियन्टबारे त्रास बढ्दो छ ।

गत २६ नोभेम्बरमा सर्वप्रथम दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोनलाई डब्लूएचओले भेरियन्ट अफ कन्सर्न बताएको थियो । ल्याबमा गरिएका परीक्षणमा ओमिक्रोनबारे अझै सीमित तथ्यांक उपलब्ध भएकोले थप अध्ययन आवश्यक पर्ने डब्लूएचओको भनाई छ ।

‘‘नयाँ भेरियन्टको असर, यसको जोखिम र यसलाई अहिले चलनमा आएका खोप कति प्रभावकारी हुन्छन् भन्ने बारेमा अझै अध्ययन आवश्यक छ,’ डब्लूएचओले भनेको छ ।

 

प्रकाशित : २०७८ पुष ४ गते १०:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI