उपत्यकाको अवस्था भयावह, ६३ प्रतिशत सक्रिय संक्रमितले भरियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ४ गते १३:२५
उपत्यकाको अवस्था भयावह, ६३ प्रतिशत सक्रिय संक्रमितले भरियो
sf7df8f}+, k'if @* /f;; xjfO{ hxfhjf6 b]lvPsf] sf7df8f}+ pkTosfsf] ;fTbf]jf6f] j/k/ /x]sf] ;x/sf] b[Zo . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं । सोमबार थपिएका कोरोना भाइरसका नयाँ संक्रमितमध्ये झण्डै ६० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा नै थपिएका छन् । देशभर पछिल्लो २४ घण्टामा ६ हजार ७३४ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै ३ हजार ९३९ संक्रमित थपिएका छन् । यो कुल संक्रमितको ५८.४९ प्रतिशत हो ।

काठमाडौंमा २९४३, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ संक्रमित थपिएका छन् । कुल १७ हजार ७ सय ६५ जनाको संक्रमण परीक्षण गरिएको थियो । आज ५ सय ४७ जना संक्रमणमुक्त भएका छन्, भने थप ३ जनाको मृत्यु भएको छ ।

थपिएको संख्या तेस्रो लहरको अहिलेसम्मकै धेरै हो । योसँगै सक्रिय संक्रमित बढेर ३० हजार ८७७ पुगेका छन् । जसमा काठमाडौं उपत्यकामा मात्रै १९ हजार ३८७ जना रहेका छन् । तीमध्ये काठमाडौंका १३ हजार ९८६, भक्तपुरका १ हजार ८४६ तथा ललितपुरका ३ हजार ५५५ जना हुन् ।

अर्थात् कुल सक्रिय संक्रमितको ६२.७९ प्रतिशत सक्रिय संक्रमित उपत्यकामै छन् । १४ हजार १४ जनाको पीसीआर परीक्षणमध्ये ५ हजार ७  सय ४७ अर्थात् ४१ प्रतिशतमा संक्रमण पुष्टि भएको छ ।

३ हजार ४ सय ५१ जनाको पीसीआर परीक्षण गर्दा ९ सय ८७ अर्थात् २८.६ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । समग्रमा ३८.९ प्रतिशत संक्रमण दर देखिएको छ ।

कुल १७ हजार ७ सय ६५ जनाको संक्रमण परीक्षण गरिएको थियो । आज ५ सय ४७ जना संक्रमणमुक्त भएका छन् भने थप ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित : २०७८ माघ ४ गते १३:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI