बेहुली बोकेर हिडेको जिप दुर्घटना :६ को मृत्यु ७ घाईते

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ २२ गते ७:०७
बेहुली बोकेर हिडेको जिप दुर्घटना :६ को मृत्यु ७ घाईते

प्यूठान — प्यूठानमा जिप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु भएकाे छ   नाैबहिनी गाउँपालिकाकाे लुङबाट बेहुली लिएर गाैमुखी गाउँपालिकाकाे लिवाङ जाँदै गरेकाे जिप ओखरपाटामा दुर्घटनामा हुँदा ६ जनाकाे घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएकाे छ ।  ग १ ज ५०९२ नम्बर को जिप दुर्घटनामा परेकाे हाे । दुर्घटनामा अन्य ७ जना गम्भीर घाइते भएका छन् ।उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख सत्यनारायण थापाले बताए । जिप सडक देखि ३०० मिटर तल खोल्सामा खसेको थियाे । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित : २०७८ माघ २२ गते ७:०७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI