अनलाइनमा कसैले दुर्व्यवहार गर्‍यो ? ईमेलमार्फत साइबर ब्यूरोमा यसरी दिनुहोस् उजुरी

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १३ गते ११:२६
अनलाइनमा कसैले दुर्व्यवहार गर्‍यो ? ईमेलमार्फत साइबर ब्यूरोमा यसरी दिनुहोस् उजुरी

त्यस्ता दुर्व्यवहारका घटनाहरु विरुद्ध उजुरी लिन तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरी अन्तर्गत साइबर ब्यूरो गठन भएको छ ।

-ईमेलमार्फत ब्युरोमा उजुरी गर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।

-प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोलाई सम्बोधन गर्दै निवेदन लेख्नुहोस् र आफ्नो नाम तथा सम्पर्क नम्बर राखेर हस्ताक्षर गर्नुहोस् ।

यहाँ क्लिक गरी निवेदनको नमुना डाउनलोड गरेर आवश्यक विवरणहरु भर्न पनि सक्नुहुन्छ । अंग्रेजीमा निवेदनको नमुना आवश्यक भए यहाँ क्लिक गर्नुहोस् ।

-साथमा आफ्नो नागरिकता तथा सवारी चालक अनुमति पत्र वा अन्य परिचय खुल्ने सरकारी परिचय पत्रको दुवै पट्टीको फोटोकपी अट्याच गर्नुहोस् ।

-प्रमाणको रुपमा उजुरीसँग सम्बन्धित स्क्रीनसट तथा लिंकहरु समावेश गर्नुहोस् ।

-यति गरेपछि सेन्ड बटन थिचेर साइबर ब्युरोलाई ईमेलमार्फत उजुरी टिपाउन सक्नुहुन्छ ।

प्रकाशित : २०७८ फागुन १३ गते ११:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI