अमेरिका र फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखियो

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन ३० गते १४:२०
अमेरिका र फ्रान्समा कोभिडको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ देखियो

काठमाडौं- नेपालमा कोरोना संक्रमण घटिरहेका बेला अमेरिका र फ्रान्समा कोभिड १९ को नयाँ भेरियन्ट  ‘डेल्टाक्रोन’ देखिएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था स्काई न्युजका अनुसार कोभिडका यसअघिका भेरियन्ट ओमिक्रोन र डेल्टासँग मिल्दोजुल्दो भएको साइप्रसको एक ल्याबमा गरिएको अनुसन्धानबाट पुष्टि भएको छ।

‘डेल्टाक्रोन’ नाम दिइएको उक्त भेरियन्टले डेल्टा र ओमिक्रोन दुवैको असर देखिने भाइरोलोजिस्टहरूले बताएका छन्। गत मार्च ९ मा नेदरल्यान्ड्स र डेनमार्कमा पनि यहि भेरियन्ट देखापरेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको थियो।

प्रकाशित : २०७८ फागुन ३० गते १४:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI