नेपालमा पहिलोपटक भित्रियो कोभिड–१९ विरुद्धको साइनोभ्याक खोप

NAWALPUR TIMES
प्रकाशित : २०७८ चैत १५ गते ११:३८
नेपालमा पहिलोपटक भित्रियो कोभिड–१९ विरुद्धको साइनोभ्याक खोप

काठमाडौं । कोभिड–१९ विरुद्धको ४० लाख डोज साइनोभ्याक खोप नेपाल आइपुगेको छ । चीन सरकारको अनुदानमा गएको शनिबार र सोमबार गरी सो मात्रामा खोप नेपाल भित्रिएको हो ।

साइनोभ्याक्स खोप नेपालका लागि नयाँ हो । विश्व स्वास्थ्य संगठनले यो खोपलाई सन् २०२१ जुनमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको थियो ।

सरकारले साइनोभ्याक खोप १८ वर्षमाथिका नागरिकलाई दिने योजना बनाएको छ ।

यसअघि, चीन सरकारले नेपाललाई भेरोसेल खोप अनुदानमा दिएको थियो ।

प्रकाशित : २०७८ चैत १५ गते ११:३८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI