स्थानीय तह निर्वाचन : ७४९ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १२ गते ९:५३
स्थानीय तह निर्वाचन : ७४९ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौं : स्थानीय तह निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी छ। बिहिबार बिहान ६ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५ महानगर, ११ उपमहानगरसहित ७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।

काठमाडौं महानगरपालिकासहित ४ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। काठमाण्डौ महानगरपलिका उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाको अन्तिम नतिजा आउन बाँकी रहेको आयोगले जनाएको छ । ७ सय ५३ पालिकामध्ये अहिलेसम्म कांग्रेसले तीन सय २७ वटा पालिकाको प्रमुख पद जितेर पहिलो पार्टी बनेको छ ।

यस्तै एमालेले २ सय ५, माओवादी केन्द्रले १ सय २१, जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादीले २० र लोकतान्त्रिक समाजवादी पार्टीले १६ वटा पालिकाको प्रमुख पद जितेका छन् । स्वतन्त्र उम्मेदवारले १२ वटा प्रमुख पद जितिसकेका छन् ।

प्रकाशित : २०७९ जेठ १२ गते ९:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI