बजेटमाथिको सैद्धान्तिक छलफल आजबाट सुरु हुने

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १७ गते ९:५६
बजेटमाथिको सैद्धान्तिक छलफल आजबाट सुरु हुने

काठमाडौं । सरकारले जेठ १५ गते संसदमा पेश गरेको बजेटमाथि प्रतिनिधि सभामा आजबाट छलफल सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको  आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजबाट प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सुरु हुन लागेको हो ।

बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त प्रस्तावपछि सांसदहरुले बजेटमाथि आफ्नो धारणा राख्नेछन् ।

मुख प्रतिपक्षी नेकपा एमालेले आउँदो संघीय निर्वाचनमा मत माग्नेगरी सरकारले बजेट ल्याएको टिप्पणी गरिसकेको छ । बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ । संसद् भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँच महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसाबले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिएका थिए । त्यस्तै ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्नेगरी प्रस्तुत हुन निर्देशन दिएका थिए ।

यता, सरकारले भने बजेटको बचाउ गरेको छ ।

प्रकाशित : २०७९ जेठ १७ गते ९:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI