यस्तो रहनेछ आजको मौसम

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ १८ गते ८:५९
यस्तो रहनेछ आजको मौसम

काठमाडौँ – हाल देशको पहाडी भू-भागमा मौसममा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई  स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १,  बागमती र गण्डकी प्रदेशका केही स्थानमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानमा मेघ गर्जन/चट्याङ्ग र हावा  हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली  रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम  सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई  स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग  र हावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

हाल नेपालमा स्थानीय वायु, भारतको  उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

प्रकाशित : २०७९ जेठ १८ गते ८:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI