आगो लगाएर दार्चुलामा महिलाको हत्या

NAWALPUR TIMES
प्रकाशित : २०७९ जेठ २५ गते ११:१०
आगो लगाएर दार्चुलामा महिलाको हत्या

नवलपुर  ।  दार्चुलामा आगो लगाएर एकजना एकल महिलाको हत्या गरिएको छ । शैल्यशिखर नगरपालिका– १ बारिलकी ४० वर्षीया अनिभा खडायतको हत्या गरिएको हो । घरनजिकैको खरको लुटोमा आगो लगाएर ती महिलाको हत्या गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतीक विष्टले बताए । घटना के  कारणले घट्यो भन्नेबारे अनुसन्धानका लागि डिएसपी विष्ट आफैँ घटनास्थल प्रस्थान गरेका छन् ।

घटनाको अनुसन्धानका लागि प्रहरी चौकी बलाँच, इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट टोली परिचालन गरिएको छ । एकल महिला रहेकी खडायत राति हत्या गरिएको अवस्थामा फेला परेको वडा नम्बर १ का वडाध्यक्ष भरतबहादुर खडायतले जानकारी दिए । महिलाका श्रीमान् सात–आठ वर्ष पहिले बितेका थिए । मृतकका दुई छोरी र एक छोरा छन् ।

घटनामा संग्लन रहेको आशंकामा प्रहरीले स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई नियन्त्रणमा लिएको स्राेतले जनाएको छ ।

प्रकाशित : २०७९ जेठ २५ गते ११:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI