महिला साफ च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्दै

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २७ गते ११:१४
महिला साफ च्याम्पियनसिप : सेमिफाइनलमा नेपाल र श्रीलंका खेल्दै

काठमाडौं । घरेलु मैदानमा उपाधि उचाल्ने लक्ष्य राखेको नेपाली महिला फुटबल टोलीले आज महिला साफ महिला च्याम्पियनसिपमा श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

पछिल्लो खेलमा भुटानले श्रीलंकामाथि ५–० को सनसनीपूर्ण विजय हासिल गरेपछि प्रतियोगितामा समूह ‘बी’को समीकरण रोमाञ्चक बनेको छ । साफ च्याम्पियनसिपमा भुटानको त्यो पहिलो जित थियो । नेपाल र भुटानको समान तीन अंक छ । तर, भुटानले दुई खेल खेलिसकेको छ ।

आज श्रीलंकाले जितेमा उसको पनि तीन अंक हुनेछ । तर, श्रीलंकालाई पाँच गोल गर्नु पर्नेछ । अन्यथा गोलअन्तरमा नेपालले सेमिफाइनलमा स्थान बनउनेछ । बराबरी गरेमा नेपाल समूह विजेता बन्नेछ ।

नेपालले पहिलो खेलमा भुटानलाई ४–० ले हराएको थियो । आज नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्रीलंकाविरुद्ध साँझ ५ः३० बजे खेल्नेछ । नेपाल लगातार दोस्रो जितको खोजीमा छ । नेपाल चार पटकको विजेता टोली हो । २०१६ मा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो ।

समूह ‘ए’बाट भारत र बंगलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन् । माल्दिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिसकेका छन् । दुई खेलबाट भारत र बंगलादेशले समान ६ अंक जोडेका छन् ।

प्रकाशित : २०७९ भदौ २७ गते ११:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI