एसियन कप छनोट : नेपालको लगातार हार, कतारसँग पनि पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७९ भदौ २८ गते ८:५८
एसियन कप छनोट : नेपालको लगातार हार, कतारसँग पनि पराजित

नवलपुर । बहराइनमा जारी एएफसी यू-२० एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।
सोमवार राति भएको खेलमा कतारसँग ३-१ गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार व्यहोरेको हो ।

यस जीतसँगै कतारले प्रतियोगितामा विजयी शुरूआत गरेको छ । कतारले पहिलो खेलमा ३ अंक जोडेको छ ।

लगातार दुई खेल व्यहोरेको नेपालले भने अंक जोड्न सकेको छैन । समूह ‘बी’ मा रहेको नेपाल समूहको पुछारमा रहेको छ ।

यस अघि भएको पहिलो खेलमा नेपाल भुटानसँग २-० गोलले पराजित भएको थियो ।

यस समूहमा नेपाल र कतारसँगै भुटान, आयोजक बहराइन र बंगलादेश रहेका छन्।

अब नेपालले बुधबार आयोजक बहराइनसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा नेपालले बंगलादेशसँग अर्को हप्ताको आइतवार खेल्नेछ ।

समूह विजेताले सन् २०२३ मा उज्वेकिस्तानमा आयोजना हुने यू-२० एसियन कपमा स्थान बनाउने छन् ।

प्रकाशित : २०७९ भदौ २८ गते ८:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI