महिला ह्याण्डबलमा गण्डकीको लगातार दोस्रो जित

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २५ गते २१:१८

 

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला ह्याण्डबलको दोस्रो खेलमा घरेलु गण्डकीले लगातार दोस्रो जित हासिल गरेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको दोस्रो खेलमा समूह ‘ए’ को गण्डकीले सुदूरपश्चिम माथि २७–४ को जित निकाल्दै ६ अङ्क थपेको छ । आइतबारको पहिलो खेलमा गण्डकीले कर्णालीलाई ५८–२० को फराकिलो अन्तरले जितेको थियो । गण्डकीकी योगिता गुरुङले सर्वाधिक ८ गोल गर्नुभएको थियो ।

आजकै अर्को दोस्रो खेलमा समूह ‘बी’ मा रहेको कर्णालीले विजय हासिल गरेको छ । खेलमा कर्णालीले मधेसमाथि ११–७ ले जित निकालेको हो । खेलमा कर्णालीकी अञ्जली शाही र सङ्गीता सिंहले सर्वाधिक समान पाँच÷पाँच स्कोर गर्नुभएको थियो ।

जितसँगै कर्णालीले महत्वपूर्ण तीन अङ्क जोडेको छ । मधेस प्रदेश भने लगातार दोस्रो खेलसम्म पराजित बनेको छ । मधेश पहिलो खेलमा विभागीय नेपाल आर्मीसँग २–४६ ले पराजित बनेको थियो । कर्णालीले पहिलो खेलमा प्रदेश–१ सँग ४–२६ ले पराजित भएको थियो ।

समूह ‘बी’ को प्रदेश–१ ले बागमती प्रदेशलाई दोस्रो खेलमा २४–८ ले पराजित गरेको छ । पहिलो खेलमा सोमबार कर्णाली विरुद्ध २६–४ ले जित निकालेको प्रदेश–१ ले अपराजित रहँदै ६ अङ्क थपेको छ । प्रदेश–१ की प्रेक्षा कटुवालले सर्वाधिक ८ गोल गर्नुभयो ।रासस

प्रकाशित : २०७९ असोज २५ गते २१:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI