क्रस खुकुरी चिन्ह पाएका जिसी भन्छ्न -“पुस्ता हस्तान्तरणका लागि मेरो उम्मेदवारी”

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २७ गते १७:३०
क्रस खुकुरी चिन्ह पाएका जिसी भन्छ्न -“पुस्ता हस्तान्तरणका लागि मेरो उम्मेदवारी”

नवलपुर । नवलपुर क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका चित्रध्वज जिसीले क्रस खुकुरि चुनाव चिन्ह पाएका छन् । उनलाई निर्वाचन आयोगले क्रस खुकुरी चुनाव चिन्ह प्रदान गरेको हो ।

सत्तारुढ गठबन्धनको भागवण्डामा नवलपुर–१ नेपाली काँग्रेसकाे भागमा परेपछि कांग्रेसै नेता जिसीले उम्मेदवारी दिएका हुन् ।उनकाे उम्मेदवारी फिर्ताका लागि चौतर्फी दबाब आएकाे भएपनि आफ्नाे अडानमा कायम रहँदै जिसीले उम्मेदवारी फिर्ता लिएनन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारी दिएका जिसीले पुस्ता हस्तान्तरणका लागि आफुले उमेदवारी दिएको भन्दै पछि नहट्ने बताउदै आएका थिए । निर्वाचन आयाेगले चुनाव चिन्ह प्रदान गरेसँगै अबकाे चुनावी यात्रा सुरु भएकाे उनले बताए । क्षेत्र न‌ं‍‍ १ का सचेत मतदाताकाे घरदैलाेमा पुगेर उहाँहरुकाे मन र मत माग्छु उनले भने, “नेतृत्व परिवर्तनका लागि सबै तयार छन् ।”

नेपाली काँग्रेसकाे विभिन्न तहमा रहेर काम गरेका जिसी रजहर जेसीजकाे पूर्व अध्यक्ष समेत हुन् । सफल पर्यटन व्यवसायीकाे छवि बनाएका उनकाे उम्मेदवारीले राजनैतिक वृतमा नयाँ तरङ्ग सृजना गरेकाे छ ।

प्रकाशित : २०७९ असोज २७ गते १७:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI