नवलपुर क्षेत्र नं २ मा एमालेको ५हजार १ सय ५१ सदस्यीय निर्वाचन परीचालन समिति गठन

NAWALPUR TIMES
प्रकाशित : २०७९ असोज २७ गते १९:१९
नवलपुर क्षेत्र नं २ मा एमालेको ५हजार १ सय ५१ सदस्यीय निर्वाचन परीचालन समिति गठन

कावासोती । आसन्न मंसीर ४ गतेको निर्वाचन मिति नजीकिए सगै दलहरु पाटी कमिटिलाई चलायमान बनाई परीचालन तर्फ लागेका छन । नेकपा एमाले नवलपुर क्षेत्र नं. २ को क्षेत्रिय समन्वय समिति र प्रदेश समन्वय कमिटिको सयुक्त विस्तारीत बैठक आज अरुणखोलाको नेवा गुठीमा सम्पन्न भएको छ ।

बिस्तारीत बैठकले क्षेत्रिय समन्वय समिति क्षेत्र नं. २ का संयोजक अमृत ज्ञावली संयोजक र सरस्वती पंथी सह–संयोजक रहेने गरी ५ हजार एक सय एकाउन्न सदस्य निर्वाचन परीचालन कमिटि गठन गरेको छ । परीचालन कमिटिीमा क्षेत्रिय समन्वय समितिका सम्पुर्ण सदस्य, सोही क्षेत्र भित्र रहेका २ बटा प्रदेश क्षेत्रिय कमिटी, नगर कमिटि, जिल्ला सल्लाहाकार सदस्य, लेखा समिति, निर्वाचन समिति, विभागका सदस्य, भातृ संगठन र वडा कमिटिका पदाधिकारी रहेको निर्वाचन परीचालन कमिटि गठन गरेकोे छ ।

त्यस्तै बैठकले सरस्वती पंथी संयोजक रहेको प्रचार प्रसार समिती गठन गरेको छ । त्यस्तै ७ सदस्य आर्थिक समिति , राष्ट्रिय युवा संघ गण्डकीप्रदेश कमिटि सह इन्चार्ज एवम् एमाले जिल्ला युवा संघ नवलपुर इन्चार्ज मदन गिरीको संयोजकत्वमा युवा परीचालन कमिटि गठन गरेको छ ।

बैठकले यातयात व्यावस्था समिति संयोजक हरि श्रेष्ठ, विद्यार्थी परिचालन अनेरास्ववियु केन्द्रिय सदस्य नेलसन सुवेदी संयोजक र सह संयोजक गण्डकी प्रदेश कमिटि सह-सचिब सुरज सापकोटा, महिला परिचालन समिति संयोजक अनेमा संघ जिल्ला अध्यक्ष लिला थनेत सह–संयोजक लिला भण्डारी रहेको समिति गठन गरीएको छ ।

त्यस्तै बैठकले नवलपुर क्षेत्र नं. २ को निर्वाचन परीचालन कार्यालय मध्यविन्दुको चोरमारामा खोल्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश स्तरीय क्षेत्रिय कमिटि नवलपुर क को निर्वाचन परीचालन कमिटिको संयोजक सुर्य पाण्डे र ख को संयोजक यवजंग रायमाझीलाई जिम्मेवारी प्रदान गरीएको छ । प्रदेश स्तरीय क्षेत्रिय आर्थिक समिति भने ५ सदस्य रहने निर्णय गरेको छ ।

बैठकले नगर गाउँ कमिटी बैठक असोज ३० गते भित्र गर्ने, वडा कमिटी बैठक कार्तिक १ गते भित्र सम्पन्न गर्ने समेत निर्णय गरेको छ । कार्तिक ५ भित्र टोल कमिटी र कार्तिक ३ गते पालिका संसदिय दलको बैठक सम्पन्न गर्ने समेत निर्णय गरीएको छ ।

बैठक नेकपा एमाले क्षेत्रिय समन्वय कमिटि संयोजक अमृत ज्ञावलीको अध्यक्षता एवम् नेकपा एमाले केन्द्रिय सदस्य एवम् नवलपुर क्षेत्र नं. २ प्रतिनिधी सभा सदस्य उम्मेदवार तिलक महतको प्रमुख आतिथ्यता , प्रदेश सभा सदस्य क्षेत्र नं. २ “क” की उम्मेदवार पदमा जि.सी. श्रेष्ठ र “ख” का उम्मेदवार लक्षमण पाण्डेको विशेष आतिथ्यतामा बिस्तारीत बैठक सम्पनन भएको थियो । विस्तारीत भेलाले एमालेका सुर्यध्वजावाहाक उम्मेदवारहरुलाई विजयी गराउने समेत निर्णय गरेको छ ।

प्रकाशित : २०७९ असोज २७ गते १९:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI