कांग्रेसको संकल्प : संसद्‌लाई पूर्ण कार्यकाल चलाउँछौ, विघटन गर्दैनौ [पूर्णपाठसहित]

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १२ गते १२:२९
कांग्रेसको संकल्प : संसद्‌लाई पूर्ण कार्यकाल चलाउँछौ, विघटन गर्दैनौ [पूर्णपाठसहित]

नवलपुर । नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणा पत्रमा आगामी निर्वाचनबाट बन्ने संसद् पाँच वर्ष कायम राख्ने संकल्प गरेको छ ।

शनिवार कांग्रेसको पार्टी कार्यालय सानेपामा आयोजित घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले संसद् विघटन गर्ने संकल्प घोषणा पत्रमा समावेश गरेको बताए । ‘जनतासँग कांग्रेसको लागि मत माग्दै गर्दा, चुनावका लागि घोषणा पत्र सार्वजनिक गर्दै गर्दा संसदलाई पाँच वर्ष स्थिरता कायम राख्ने संकल्प गरेका छौँ’, शर्माले भने ।

कांग्रेसले घोषणा पत्रमा सार्वजनिक पद धारणा गरेको व्यक्तिले हरेक वर्ष सम्पत्ति विवरण सार्वजनिक गर्ने र फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानको संकल्प पनि घोषणा पत्रमा उल्लेख गरेको छ ।

आगामी एक दशकलाई सामाजिक विसंगति अन्त्यको दशकको रुपमा मनाउने संकल्प पनि कांग्रेसले घोषणा पत्रमा उल्लेख गरेको शर्माले बताए ।

यस्तो छ कांग्रेसको घोषणापत्रको पूर्णपाठ 

प्रकाशित : २०७९ कार्तिक १२ गते १२:२९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI