संविधान माथि गरिएका निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक : प्रवक्ता महत

NAWALPUR TIMES
प्रकाशित : २०७९ कार्तिक १३ गते २१:०२
संविधान माथि गरिएका निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक : प्रवक्ता महत

कावासोती । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशसरण महतले संविधान संविधान माथिका निरन्तर प्रहार रोक्न गठबन्धन आवश्यक भएको बताएका छ्न ।

अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आईतबार पुर्वी नवलपरासी आउनु भएका महतले यस्तो बताएका हुन ।

“यो गठबन्धन संविधान माथी को निरन्तर प्रहार रोक्नलाई बनेको हो, गठबन्धनले अधिकांश ठाउँमा चुनाव जित्छ”, कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता महतले भने ।

वर्तमान निर्वाचन प्रणालीका कारण पनि बहुमतको सरकार बनाउन गठबन्धन आवश्यक भएको बताउदै प्रवक्ता महतले उत्साह पुर्वक निर्वाचनमा होम्मिएर निर्वाचन लाग्न र गठबन्धनका सबै उम्मेदवारलाई जिताउन कार्यकर्तालाई आग्रह समेत गरेका छ्न । “मंसिर ४ पछि पनि गठबन्धनले निरन्तरता पाउछ, गठबन्धनको सरकार बन्छ त्यसपछि देशले नयाँ राजनीतिक बाटो समात्छ”, महतले भने ।

प्रकाशित : २०७९ कार्तिक १३ गते २१:०२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI