गण्डकी : कांग्रेस संसदीय दलको नेतामा पाण्डे विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७९ पुष १३ गते १७:००
गण्डकी : कांग्रेस संसदीय दलको नेतामा पाण्डे विजयी

कावासोती । नेपाली कांग्रेस गण्डकी संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे विजयी भएका छन् । पाण्डेले १८ मत प्राप्त गर्दा प्रतिस्पर्धी भोजराज अर्यालले ८ मत पाए । एक मत बदर भएको छ ।

बुधबार दिउँसो १ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय रहेकामा दुई जनाले उम्मेदवारी दर्ता गराएका थिए । दुवैजनामध्ये कसैले पनि उम्मेदवारी फिर्ता नलिने भएपछि मतदानबाटै नेता छानिएका हुन् ।

संस्थापन पक्षबाट उम्मेदार बनेका पाण्डेको प्रस्तावकमा बिन्दुकुमार थापा र समर्थकमा टकराज गुरुङ थिए । संस्थापन इतरबाट उम्मेदवार बनेका अर्यालको प्रस्तावकमा महेन्द्रध्वज जिसी र समर्थकमा पार्वती तामाङ थिए ।

प्रकाशित : २०७९ पुष १३ गते १७:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI