नवलपुर प्रहरीद्वारा नौ महिनामा ७ करोड बढी राजस्व संकलन

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख ३ गते १७:४४
नवलपुर प्रहरीद्वारा नौ महिनामा ७ करोड बढी राजस्व संकलन

कावासोती : नवलपुर (पुर्वी नवलपरासी) प्रहरीले सात करोड बढी राजस्व संकलन गरेको छ ।

चालू आ.व २०७९/८० को पहिलो नौ महिनामा नवलपुर प्रहरीले ७ करोड २० लाख ७० हजार ८ सय ९० रुपैयाँ  राजस्व संकलन गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनु भयो ।

प्रमुख तिवारीका अनुसार प्रहरीले सबै भन्दा धेरै राजस्व संकलन भन्सार छलिका सामान नियन्त्रणमा लिएर गरेको हो ।
चालू आ.व २०७९/८० को पहिलो नौ महिनामा प्रहरीले भन्सार छलिका सामान नियन्त्रणमा लिदाँ ४ करोड ६५ लाख ८५ हजार ८ सय ४० रुपैयाँ  राजस्व संकलन भएको प्रमुख तिवारीले जानकारी दिनु भयो ।

चालू आ.व २०७९/८० को पहिलो नौ महिनामा २३ हजार २सय ५० वटा सवारीलाई ट्राफिक कारवाही गर्दा १ करोड ७९ लाख ४० हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको प्रमुख तिवारीले बताउनु भयो । यस्तै कसुर जन्य सम्पत्ति लिलाम बिक्रीबाट ४१ लाख ४३ हजार ३ सय ३२, प्राकृतिक स्रोतको चोरी नियन्त्रण बाट २५ लाख ८ हजार ७ सय ८, काठ तस्करी नियन्त्रण बाट ६ लाख १६ हजार ७५ तथा जुवातास नियन्त्रणबाट २ लाख ७६ हजार ४ सय ३५ रुपैयाँ  राजस्व संकलन भएको प्रहरी प्रमुख तिवारीले जानकारी दिनु भयो ।

यसै बिच आईतबार जिल्ला प्रहरी कार्यालयमा आयोजित प्रगतिको तुलनात्मक विश्लेषण तथा पत्रकार सम्मेलनमा प्रहरी प्रमुख तिवारीले चालू आवको ९ महिनामा विभिन्न प्रकृतिका ३ सय५३ वटा मुद्दा दर्ता भएकोमा १६५ वटा फर्छ्यौट भएको र १ सय वटा मुद्दा  प्रक्रियामा रहेको जानकारी दिनु भयो । प्रमुख तिवारीका अनुसार गत आ.व २०७८/७९ मा जिल्लामा विभिन्न प्रकृतिका ४ सय मुद्दा  दर्ता भएको र २ सय वटा मुद्दा  फर्छ्यौट भएको र २ सय २९ वटा मुद्दा फर्छ्यौटको प्रक्रियामा रहेको थियो ।

प्रकाशित : २०८० वैशाख ३ गते १७:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI