सरकारको अर्थनिति विरुद्ध ब्यवसायिहरु एकजुट हुनुपर्नेमा जोड

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख ८ गते २०:४७
सरकारको अर्थनिति विरुद्ध ब्यवसायिहरु एकजुट हुनुपर्नेमा जोड

नवलपुर बैशाख ०८ । नवलपुर विद्युत व्यवसायि संघले प्रकाशन गरेको २०८० को भित्रेपात्रो विमोचन सङै शुभकामना आदानप्रदान कार्यक्रम संघको आफ्नै सभहल कावासोतीमा शुक्रवार सप्पन्न गरेको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघ तृतीय उपाध्यक्ष लेखनाथ सापकोटाको प्रमुख आथित्यतामा भएको कार्यक्रममा सापकोटाले आफ्नो मन्तव्य राख्दै पछिल्लो समयमा ब्याबसायिक एकताको खाचो रहेको र यो बेला अर्थ नितिमा भए गरेका विवादास्पद बुदा विरुद्ध लाग्नु पर्ने बताए ।

कार्यक्रममा महासंघ सदस्य चन्द्र्कान्त शर्मा जैशी, प्रदेश सदस्य कृष्णराज गैरे, चितवन कोषाध्यक्ष काशीनाथ सापकोटा, लगाएत नारायण प्रसाद सुबेदी, बिष्णु श्रेष्ठ बिशेष अतिथी रहेका थिए । कार्यक्रममा उपस्थित सम्पुर्ण लाइ नवलपुर विद्युत व्यावसायी संघका सचिब दिपक सुबेदीले स्वागत मन्तव्य राखेका थिए ।

१७० भन्दा बढी सदस्य रहेको जिल्ला संघका अध्यक्ष सुजन अधिकारीले आगामी दिनमा जिल्लाका विभिन्न नगरपालिका/पालिकामा निशुल्क क्यान्सर सचेतता कार्यक्रम, आँखा शिबिर, जिल्लाभर रहेका ब्याबसायिक समस्यामा परेका सदस्यलाइ आर्थिक सहयोग लगाएत व्यवसायिक हकहितका लागि नयाँ कार्यक्रमहरु ल्याउन लागेको जानकारी दिए । कार्यक्रम संयोजक नवराज पौडेलको सभापतित्वमा सप्पन्न भएको कार्यक्रमको सहजीकरण दोश्रो उपाध्यक्ष गणेश सुबेदीले गरेका थिए ।

प्रकाशित : २०८० वैशाख ८ गते २०:४७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI