राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पूर्वी नवलपरासीको भवन निमार्णकालागि २० लाख संकलन

NAWALPUR TIMES
प्रकाशित : २०८० वैशाख १० गते १०:४१
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पूर्वी नवलपरासीको भवन निमार्णकालागि २० लाख संकलन

कावासोती  । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पूर्वी नवलपरासीको भवन निर्माणकालागि एकै दिन २० लाख नगद संकलन भएको छ । कावासोती नगरपालिका वडा नम्बबर ६ मा निर्माण हुने प्रतिस्ठानको कार्यालय भवनकालागि दाताहरुले स्वेच्छिक नगद दान गरेका हुन ।

शनिवार कावासोतीको हात्तिखोर स्थित पोखरी तालमा आयोजित चियापान कार्यक्रममा दाताहरुले भवनकालागि नगद दिने घोषणा गरेका हुन । भवन निर्माणस्थल कावासोती नगरपालिका ६ नम्बर वडा कार्यालयले ५ लाख नगद दिने घोषणा गरेको छ । वडा अध्यक्ष यामबहादुर थापाले शनिवारको कार्याक्रममा वडा कार्यालयले तत्काल ५ लाख रकम बिनियोजन गरेको र थप रकम नगरपालिकासंग माग गर्ने निर्णय सुनाए ।

त्यसैगरि प्रतिस्ठानका जिल्ला अध्यक्ष बुद्धि घिमिरेले ३ लाख ५३ हजार दिएका छन । कावासोतीकै गौरी गुरुंग, प्रतिस्ठानका पूर्व केन्द्रीय अध्यक्ष रमेश बिजी, चितवनका सूर्य रेग्मी , जिल्लाकै कृष्ण पाण्डे र धामनाथ सापकोटाले एक ,एक लाख भन्दा बढि नगद दिएका छन । प्रतिस्ठानका जिल्ला अध्यक्ष घिमिरेका अनुसार भवनकालागि ५५ हजार भन्दा धेरै दानगर्नेहरु १८ जना छन । त्यसैगरि बिदेशमा रहेका लोक तथा दोहोरी गीतका धेरै पारखीहरुले पनि आर्थिक सहयोग गर्ने आश्वासन दिएका सुनाए । शनिवार एकै दिन २० लाख नगद जुटेको उनले जानकारी दिए ।

कावासोती नगरपालिका वडा नम्बर ६ को पूर्व टोला भरेनी गाउमा करिब तिन कठठा जग्गामा साढे २ करोडको लागतमा भवन निर्माण कार्य शुरु भएको छ । यो भवनलाई लोक तथा दोहोरी गीतको कार्यालय भवन र संग्राहलय समेत बनाउने लक्ष्य रहेको छ । सरकारी निकाय र इच्छुक दाताहरुवाट सहयोग जुटाएर आगामि २ वर्ष भित्र भवन निर्माणको काम सक्ने लक्ष्य रहेको घिमिरेको दावी छ । प्रतिस्ठान लोक, दोहरी गीतमा रुची राख्ने कलाकारहरुको संस्था हो ।

प्रकाशित : २०८० वैशाख १० गते १०:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI