नवलपुरमा चौधरी ग्रुपले खोल्यो नयाँ गल्फ रिसोर्ट मिराया

NAWALPUR TIMES
प्रकाशित : २०८० जेठ ३२ गते १४:१०
नवलपुरमा चौधरी ग्रुपले खोल्यो नयाँ गल्फ रिसोर्ट मिराया

कावासोती । चौधरी ग्रुप अन्तर्गतको सीजी हस्पिटालिटीले नवलपुरको देवचुलीमा मिराया वेलनेस एण्ड गल्फ रिसोर्ट सञ्चालनमा ल्याएको छ । शाश्वतधाम र सीजी इन्डस्ट्रियल पार्कसँगै खुलेको यो रिसोर्ट गल्फ प्रेमीका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीको भनाइ छ । सीजी इन्डस्ट्रियल पार्क भित्र गल्फ मैदानसँगै सञ्चालनमा आएको मिरायामा गल्फ खेलको समेत अनुभव लिन सकिने भएको छ ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवम् सीजी हस्पिटालिटी होल्डिङ्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राहुल चौधरीले यो रिसोर्टमा पाहुनाले फरक अनुभूती गर्न सक्ने बताए । ‘वेलनेस, अध्यात्मिक चेतना र वातावरणीय दिगोपनका लागि सीजी हस्पिटालिटीको एउटा उल्लेखनीय प्रमाणका रुपमामिराया वेलनेस एण्ड गल्फ रिसोर्टलाई प्रस्तुतगर्न पाउँदा म हर्षित छु,’ उनले भनेका छन् ।

मनमोहक देवचुली पर्वतको फेदमा अवस्थित रमणीय गन्तव्य, स्वतन्त्र रुपमा भ्रमणमा उत्साही यात्रुका लागि उत्कृष्ट गन्तव्य बन्ने विश्वास उनको छ । मिरायामा स्विमिङ पुल, बास्केटबल र ब्याडमिन्टन कोर्ट रहेका छन् । वाइन टेस्टिङ वर्कशप, क्युरेटेड स्पा, हाइड्रोथेरापी, वेलनेस थेरापी र नेचर ट्रेल जस्ता सुविधा समेत रिसोर्टमा छन् । यस स्थानमा गल्फ कोर्स समेत छ ।

रिसोर्टमा वेलनेस वेगन रेस्टुरेन्ट, नेपाली इन्डियन भेजिटेरीयन कजाइन रेस्टुरेन्ट र स्पोट्र्स बार एण्ड ग्रिल, १९ औं होल जस्ता विकल्प उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

मिरायाबाट देवचुलीपर्वतको अविरल दृश्य अवलोकन गर्न सकिन्छ । यहाँबाट लुम्बिनी र चितवन राष्ट्रिय निकुञ्ज जस्ता गन्तव्य नजिकको दूरीमा अवस्थित छन् । यहाँ रिसोर्ट भरतपुर विमानस्थलबाट ३० मिनेटको ड्राइभ, काठमाडौंबाट ५ घण्टाको ड्राइभ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ घण्टाको ड्राइभमा रहेको छ । निजी हेलिकप्टरबाट २०–२५ मिनेटमा काठमाडौंबाट मिरायामा अवतरण गर्न सकिने समेत कम्पनीको भनाइ छ ।

सीजी हस्पिटालिटी बहुराष्ट्रिय कम्पनी सीजी कर्प ग्लोबलको मातहतमा सञ्चालित छ । हस्पिटालिटी उद्योगमा दुई दशक लामो इतिहास रहेको सीजी हस्पिटालिटीको छाता भित्रताज सफारी, भीभान्ता, जेटविङ, इक्हो, फेयरमन्ट, र्‍याडिसन, द फर्न, समिट र द फार्म जस्ता आतिथ्य ब्रान्ड सञ्चालनमा छन् । नेपाल, भारत, श्रीलंका, युनाइटेड अरब इमिरेट्स, भुटान, सिसेलिस, थाइल्याण्ड, चीन, फिलिपिन्स, संयुक्त राज्य अमेरिका, माल्दिभ्स केन्यालगायत विभिन्न १२ देशमा सीजी हस्पिटालिटी अन्तर्गत १५९ होटल सञ्चालनमा छन् । जसमा ८ हजार ८६३ कोठा छन् ।

प्रकाशित : २०८० जेठ ३२ गते १४:१०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI