गण्डकी सरकारले ल्यायो ३१ अर्ब ४२ करोडको बजेट

NAWALPUR TIMES
प्रकाशित : २०८० असार १ गते १७:११
गण्डकी सरकारले ल्यायो ३१ अर्ब ४२ करोडको बजेट

पोखरा । गण्डकी सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ३१ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

शुक्रबार प्रदेशसभामा सरकारका आर्थिक मामिला मन्त्री जीतप्रकाश आलेले उक्त रकम बराबरको बजेट पेस गरेका हुन् ।

कुल बजेटमध्ये चालुखर्च १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात ३८.०१ र पुँँजीगततर्फ २० अर्ब १९ करोड पाँच लाख ६२ हजार अर्थात ६०.०४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थातर्फ ५० करोड छुट्याएको छ । कुल बजेटको १.०५ प्रतिशत सञ्चितकोष माथि व्ययभार पर्ने उनले बताए

सरकारले बजेटको स्रोतको रूपमा संघबाट आएको अनुदानलाई आधार मानेको छ । समानीकरण अनुदानमार्फत सात अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँट ९ अर्ब पाँच करोड २५ लाख, रोयल्टी बाँडफाँट ४० करोड आठ लाख, ससर्त चार अर्ब ९४ करोड १५ लाख, समपुरक अनुदान ८४ करोड र विशेष अनुदान ७० करोड प्राप्त हुने उनले बताए ।

सरकारले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्व पाँच अर्ब १६ करोड ९१ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ । नगद मौज्दात तीन अर्ब बचत हुने र एक अर्ब ७० करोड आन्तरिक ऋण लिइने मन्त्री आलेले बताए ।

प्रकाशित : २०८० असार १ गते १७:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI