प्लाष्टिकका फूलको गुच्छा तथा मालाले बजार भरिभराउ: छैन अनुगमन

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक २२ गते १५:५३
प्लाष्टिकका फूलको गुच्छा तथा मालाले बजार भरिभराउ: छैन अनुगमन

कावासोती । सरकारले प्लास्टिकका माला तथा फुलमा प्रतिबन्ध लगाएको भए पनि नवलपुरका ठुला तथा साना बजारहरु प्लाष्टिकका मालाले भरिएका छ्न ।

वन तथा वातावरण मन्त्रालयले गत वर्षको साउन १२ गते राजपत्रमा सूचना प्रकाशन गरेर प्लास्टिक जन्य फूलको गुच्छा तथा मालाको उत्पादन, आयत बिक्रीवितरण तथा भणडारणमा रोक लगाउने जनाए पनि तिहार सुरु भए सँगै नवलपुरका बजारमा प्लास्टिक जन्य फूलको गुच्छाको बिक्रीवितरण वितरण खुल्ला रुपमा भएको छ ।

जिल्लाका मुख्य बजारहरु गैंडाकोट, रजहर, दलदले, कावासोती, डण्डा, चोरमारा, अरुणखोला, दुम्किबास र साप्ताहिक रुपमा लाग्ने हप्ते बजारमा प्लास्टिक जन्य फूलको गुच्छा र मालाको बिक्रीवितरण वितरण खुल्ला रुपमाहुँदा समेत नियामक निकाय भने मौन रहेको हो ।

जिल्ला सदरमुकाम समेत रहेको कावासोती बजारमा प्लास्टिक जन्य फूलको गुच्छा र मालाको बिक्रीवितरण अन्यको तुलनामा धेरै देखिएको भए पनि बजार अनुगमन गर्ने नियामक निकाय कावासोती नगरपालिका बाट बजारको अनुगमन भने भएको छैन ।

नवलपुर टाईम्स सँगको कुराकानीमा कावासोती नगरपालिकाका बजार अनुगमन संयोजक दिनेश भण्डारीले बजारमा प्लास्टिक जन्य फूलको गुच्छा र मालाको बिक्रीवितरण भएको विषयमा अनुगमन नभएको स्विकार्दै अब तत्काल अनुगमन गर्ने बताए ।

कावासोतीको फलफुल चोकमा लाग्ने हाटबजार, लगाएत मुख्य बजारहरुका पसलमा खुल्ला रुपमा कानुनले प्रतिबन्ध गरेको प्लास्टिकको फूलको गुच्छा र माला बिक्रीवितरणका लागी राखिएका छ्न ।

विषेश गरेर कावासोती सँगै जिल्लाका अन्य पालिकामा लाग्ने साप्ताहिक हाटबजारमा फूलको गुच्छा र मालाको बिक्रीवितरण धेरै देखिएको हो भने बजारका पसलहरुमा समेत खुल्लेआम प्लास्टिकको फूलको गुच्छा र माला बिक्रीवितरण भएको छ ।

प्लाष्टिकजन्य फूलका कारण वातावरणमा धेरै असर परेको र फोहोर व्यवस्थापनमा पनि समस्या भएको भन्दै प्राकृतिक फूल उत्पादन तथा बिक्री वितरणमा पनि कमी आएपछि सरकारले गत वर्ष मन्त्री स्तरको निर्णय गरेर प्लास्टिक जन्य फूलको गुच्छा तथा मालाको उत्पादन, आयत बिक्रीवितरण तथा भणडारणमा रोक लगाएको हो ।

प्रकाशित : २०८० कार्तिक २२ गते १५:५३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI